सोमबार, बैशाख ०७, २०८३
बैतडीमा निर्वाचन लक्षित मदिरा बिक्री र ओसारपसारमा कडाइ

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बैतडीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै मदिराजन्य पदार्थको बिक्री वितरण तथा ओसारपसारमा कडाइ गर्ने निर्णय गरेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले फागुन ९ गतेदेखि निर्वाचन सम्पन्न नहुँदासम्म साँझ ७ः०० बजेदेखि मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।

प्रशासकीय अधिकृत भोजलाल थारूका अनुसार व्यवसायीहरूसँगको छलफलपछि मौन अवधिमा मदिराजन्य वस्तुको बिक्री पूर्ण रूपमा निषेध गर्ने तथा फागुन ११ देखि २४ गतेसम्म मदिरा ढुवानी र ओसारपसार नगर्ने निर्णय गरिएको छ ।

निर्णय उल्लङ्घन भए प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

निर्वाचनका लागि बैतडीमा ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय