शनिबार, बैशाख ०५, २०८३
धादिङ बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १८ पुग्यो, मृतकमध्ये ४ महिला र १ विदेशी नागरिक

काठमाडौँ । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ।

धादिङका एसपी सुमित खड्काका अनुसार दुर्घटनामा १८ जनाको ज्यान गएको पुष्टि भएको छ। मृतकमध्ये चार महिला र एक विदेशी नागरिक पनि रहेका छन्। बसमा ४६ जना यात्रु सवार रहेको बताइएको छ भने उद्धार कार्य अझै जारी छ। सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले संयुक्त रूपमा उद्धार गरिरहेको छ। मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी छ।

आज बिहान करिब १:३० बजे ग१ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट करिब ३०० मिटर तल त्रिशूली नदीमा खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय