सोमबार, बैशाख ०७, २०८३
केपी शर्मा ओलीको दाबी : देश सम्हाल्ने शक्ति केवल एमालेमा मात्रै

दमक । केपी शर्मा ओलीले देश सम्हाल्न सक्ने शक्ति केवल एमालेमा रहेको बताउनुभएको छ।

सोमबार झापा निर्वाचन क्षेत्र नं. ५, दमकमा आयोजित नेशनल युथ भोलेन्टियर्स कोशी प्रदेश कमिटीको घोषणा सभामा उहाँले आगामी निर्वाचनपछि एमाले नै देश सम्हाल्ने स्पष्ट पारेका छन्।

ओलीले देशमा भइरहेको तोडफोड, आगजनी र विध्वंसले लोकतन्त्र र राष्ट्रलाई क्षति पुर्‍याए पनि देश सम्हाल्ने क्षमता एमाले जनताको माझ रहेको उल्लेख गर्नुभयो।

उहाँले अराजकता सिर्जना गरेर, नागरिकलाई भ्रमित पारेर वा सामाजिक सहिष्णुताको उल्लंघन गर्दै निर्वाचन जित्न सकिँदैन भनी स्पष्ट पारेका छन्।

जनतासँगै काम गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा पहुँच बढाउने, र देशलाई समृद्धिको युगमा प्रवेश गराउने पार्टी नेपाली जनताले चिनेको उहाँले बताउनुभयो।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओली यस निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय