बिहिबार, बैशाख १७, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, पहाडी–हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ भने बाँकी पहाडी र हिमाली भूभागमा एक–दुई स्थानमा मात्रै हल्का वर्षा र हिमपात हुने सम्भावना छ। देशका अन्य भागमा मौसम मुख्यतः सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी–हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, तर तराईमा मौसम मुख्यतः सफा रहनेछ। कोशी, बागमती र गण्डकीका केही उच्च पहाडी र हिमाली स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना छ।

आज राति तराई भूभागका केही स्थानमा तुँवालो लाग्ने अनुमान गरिएको छ। गण्डकी प्रदेशका पहाडी–हिमाली भूभाग र अन्य प्रदेशका हिमाली भूभागमा साधारणतया बादल रहनेछ भने बाँकी पहाडी भूभागमा आंशिक बादल रहनेछ।

महाशाखाले हुस्सु, तुँवालो, वर्षा र हिमपात हुने पूर्वानुमान भएका क्षेत्रमा बासिन्दा, यातायात व्यवसायी तथा दैनिक गतिविधि सञ्चालन गर्ने सबैलाई सावधानी अपनाउन अनुरोध गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय