बुधबार, फाल्गुण २०, २०८२
नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । पाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अंकले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा पुगेको छ ।

आज ३३३ कम्पनीका एक करोड चार लाख ५६ हजार ९८० कित्ता शेयर ४८ हजार ६४० पटक खरिदबिक्री हुँदा चार अर्ब ४५ करोड ११ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बिमा लगायत अधिकांश समूहका उपसूचक बढेका छन् । वित्त, म्युचुअल फन्ड र व्यापार समूह भने घटेका छन् ।

आजको कारोबारमा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय