आइतबार, फाल्गुण २४, २०८२
आज नेप्सेमा सबै समूह बढे, केवल व्यापार समूह घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३८ दशमलव ५२ अंकले वृद्धि हुँदै २,७१२ दशमलव ४९ को स्तरमा पुगेको छ। नेप्से परिसूचकमा आज १.४४ प्रतिशतको वृद्धिदेखिएको छ।

आज ३२९ कम्पनीका करिब १ करोड ५१ लाख ८४ हजार ६०७ कित्ता शेयर ६१ हजार ३२९ पटक किनबेच हुँदा रु ८ अर्ब २३ करोड ४३ लाख ८१ हजार ४८० बराबरको कारोबार भएको छ।

व्यापार समूहमा मात्र ०.८४ प्रतिशतले घटेको देखिएको छ भने सबै अन्य समूहको परिसूचक वृद्धि भएको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत् र लगानी समूहमा क्रमशः १.६४%, १.५९%, १.४३%, १.६०%, २.१३%, र ०.५२% को वृद्धि देखिएको छ।

सलपा विकास बैंक लिमिटेडको शेयर मूल्य ९.९९% ले सबैभन्दा बढी बढेको छ भने शुभम् पावर लिमिटेडको शेयर मूल्य २.३२% ले सबैभन्दा धेरै घटेको छ। कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड सबैभन्दा अगाडि रह्यो, जसको रु ३४ करोड ६५ लाख ३० हजार ३७९ बराबरको ९ लाख ३६ हजार ३४७ कित्ता शेयर किनबेच भयो।

सिफारिस

ताजा समाचार

लोकप्रिय