शनिबार, बैशाख ०५, २०८३
हेटौँडा–१९ बस्तीपुरमा सवारी दुर्घटना, मोटरसाइकलमा सवार दुवैको ज्यान गयो

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय सन्जित स्याङतान र पछाडि सवार १८ वर्षीय अमोश थिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय