सोमबार, बैशाख ०७, २०८३
आगामी पाँच वर्षलाई परीक्षण नगरौँ, हामी काम गरेर देखाउने हो- काँग्रेस सभापति थापा

काठमाडौँ । कर्णालीबाट बोल्दै कांग्रेस सभापति गगनकुमार थापाले अब देशले परीक्षण होइन, परिणाम खोजिरहेको स्पष्ट सन्देश दिनुभएको छ।

उहाँले गठबन्धनको अस्थिर राजनीतिले देशको गति रोकिएको भन्दै अब पाँच वर्षको स्पष्ट रोडम्यापसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

थापाले संविधान र कानून परिवर्तन नगरी कर्णालीको विकास सम्भव नभएको बताउँदै केन्द्रबाट कर संकलन गर्ने अधिकार कर्णालीलाई दिनुपर्ने धारणा राख्नुभयो।

विकास खर्च गर्न नसक्ने संरचनात्मक समस्याले कर्णाली पछाडि परेको उहाँको भनाइ थियो।

उहाँले कुनै पनि निहत्था नेपालीको ज्यान जान नहुने र हिंसात्मक गतिविधि दोहोरिन नदिने चेतावनीसमेत दिनुभयो।

सिफारिस

ताजा समाचार

लोकप्रिय