सोमबार, बैशाख ०७, २०८३
फागुन २१ को निर्वाचनका लागि चार करोडभन्दा बढी मतपत्र वितरण

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्री वितरण कार्य सम्पन्न गरेको छ।

आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका मतपत्र छपाइ पूरा भई सबै निर्वाचन क्षेत्रमा पुर्‍याइएको छ।

निर्वाचन अधिकृतको कार्यालयमार्फत मतदान अधिकृतलाई सामग्री हस्तान्तरण गरिने व्यवस्था गरिएको छ।

यससँगै मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम फागुन ३ गतेदेखि देशभर सञ्चालन भइरहेको छ, जुन फागुन १७ गतेसम्म ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा जारी रहनेछ।

सिफारिस

ताजा समाचार

लोकप्रिय