सोमबार, बैशाख ०७, २०८३
ओमप्रकाश अर्यालद्वारा दोलखामा निर्वाचन अनुगमन: स्वच्छ, निष्पक्ष र भयरहित मतदान सुनिश्चित गर्ने निर्देशन

काठमाडौँ । ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्।

आज बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रको स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा उनले विगतका कमीकमजोरी सुधार्दै यसपटकको निर्वाचन धाँधलिरहित, शान्तिपूर्ण र निर्धक्क रूपमा सम्पन्न गर्ने वातावरण बनाउन निर्देशन दिएका हुन्।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री अर्यालले सामाजिक सञ्जालमा फैलाइने गलत, मिथ्या तथा दुष्प्रचारयुक्त सूचनाबाट सचेत रहन र आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबै पक्षलाई आग्रह गरे।

शुक्रबार बिहान गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले मतदान केन्द्रको अनुगमन गर्दै निर्वाचन सुरक्षाबारे स्थानीय सरोकारवालासँग अन्तरक्रिया गरेको थियो।

अनुगमन टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी, एआईजी गणेश ठाडा मगर, गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, सह–प्रवक्ता रमा आचार्य, डिआइजी विष्णु भट्ट, प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपाने, दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा तथा वडा सदस्य सोम्बरबहादुर तामाङ सहभागी थिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय