सोमबार, बैशाख ०७, २०८३
निर्वाचनको करिब सबै तयारी पूरा, शनिबारदेखि सामग्री ढुवानी सुरु

काठमाडौँ । बाँके जिल्लामा दुई हजार ९३० जना अस्थायी मतदाता कायम गरिएको छ। जिल्ला निर्वाचन कार्यालय, बाँके ले आज आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार’ विषयक अन्तरक्रियामा सो जानकारी दिइएको हो।

कार्यालय प्रमुख टेकबहादुर शाही ले अस्थायी मतदाताका लागि जिल्लामा तीन वटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार निर्वाचन क्षेत्र नं १ अन्तर्गत बैजापुरस्थित नौवस्ता कारागार, निर्वाचन क्षेत्र नं २ अन्तर्गत बाँके कारागार तथा कर्मचारीका लागि रामलिला मैदानमा अस्थायी मतदान केन्द्र तोकिएको छ।

अस्थायी मतदाताले तोकिएका अस्थायी मतदान केन्द्रबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउनेछन्। नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा कार्यरत कर्मचारी, सरकारको स्वामित्व तथा नियन्त्रणमा रहेका संस्थाका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, साथै वृद्धाआश्रममा बसोबास गर्ने व्यक्तिलाई अस्थायी मतदाताका रूपमा मानिने व्यवस्था छ।

कार्यालय प्रमुख शाहीका अनुसार जिल्लामा निर्वाचनको करिब सबै तयारी पूरा भइसकेको छ। “अब करिब १० प्रतिशत काम बाँकी छ। शनिबारदेखि सबै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री पठाउने कार्य सुरु हुन्छ र यो प्रक्रिया १७ गतेसम्म जारी रहनेछ,” उहाँले भन्नुभयो। साथै, जिल्लामा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको तालिमसमेत सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो।

जिल्लामा कुल १३९ मतदानस्थल, ४०० मतदान केन्द्र र तीन लाख ५० हजार ३७१ जना मतदाता रहेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय