आइतबार, फाल्गुण २४, २०८२
लुम्बिनी प्रदेशबाट सबैभन्दा बढी आचारसंहिता उल्लङ्घनका उजुरी

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा आठ जनालाई कारबाही गरेको छ भने ९४ जनासँग स्पष्टीकरण सोधेको छ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार राजनीतिक दल तथा उम्मेदवारबाट ५७ वटा स्पष्टीकरणको जवाफ प्राप्त भइसकेको छ भने छ जनासँग पुनः स्पष्टीकरण सोधिएको छ।

आयोगले उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई समेत स्पष्टीकरण सोधेको जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय