काठमाडौँ ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले इरानका सर्वोच्च नेता आयतुल्लाह अलि खामेनी अमेरिकी आक्रमणमा मारिएको दाबी गरेका छन्।
बीबीसी ले सिबीएस लाई उद्धृत गर्दै अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा खामेनीको मृत्यु भएको उल्लेख गरेको हो।
उक्त रिपोर्टअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले खामेनीको मृत्यु भएको पुष्टि गरेको भनिएको छ।
आक्रमणमा खामेनीसहित ४० जना इरानी उच्च अधिकारीको पनि मृत्यु भएको दाबी गरिएको छ।























