काठमाडौँ ।निर्वाचनका दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधनलाई पनि पास आवश्यक नपर्ने स्पष्ट पारिएको छ। विमानस्थलदेखि घर वा होटलसम्म तथा घर वा होटलदेखि विमानस्थलसम्म सवारी सञ्चालनमा रोक नलाग्ने आयोगले जनाएको छ।
हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक मतदाता र निजका एक जना सहयोगी बोकेका सवारीसाधन पनि सहज रूपमा सञ्चालन हुन सक्नेछन्। यस्तै, कूटनीतिक नियोगका सवारी, प्रेस पास भएका सञ्चारकर्मी तथा पर्यवेक्षकले प्रयोग गर्ने सवारीसाधनलाई पनि छुट दिइएको छ।
साथै, निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय का प्रतिनिधि सम्मिलित एकीकृत सवारी आवागमन डेस्क आयोग परिसरमा स्थापना गरिएको र त्यहीँबाट काठमाडौँ उपत्यकाका पास जारी भइरहेको जानकारी दिइएको छ।























