आइतबार, फाल्गुण २४, २०८२
निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ । गृहमन्त्री अर्यालले बाँके जिल्लास्थित सुरक्षा प्रमुख तथा निर्वाचनसम्बन्धी निकायसँगको भेटघाटपछि जिल्लाको सुरक्षा अवस्था सन्तोषजनक रहेको बताउनुभयो।

“सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ, निर्धक्क भएर मतदान गर्न सबैसँग अनुरोध गर्दछु,” उहाँले भन्नुभयो।

उहाँका अनुसार जिल्ला सुरक्षा समिति, प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृतसहित सबै निकायबीच समन्वय प्रभावकारी रहेको र सम्भावित चुनौतीको पूर्वतयारी पूरा भइसकेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय