आइतबार, फाल्गुण २४, २०८२
खाडी मुलुक जाने नेपाली यात्रु अन्योलमा, उडान स्थगित हुँदा बस्न र खान समस्या

काठमाडौँ । अमेरिका र इजरायलको आक्रमणपछि इरान क्षेत्रको तनाव बढेसँगै युएई, साउदी अरब, कतार, कुवेतलगायत मुलुकका केही विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।

यसका कारण हजारौँ नेपाली यात्रु काठमाडौँ विमानस्थलमा अलपत्र परेका छन्।

नेपाल वायुसेवा निगम की प्रवक्ता अर्चना खड्काका अनुसार अवस्था सामान्य नहुँदासम्म उडान सञ्चालन हुन नसक्ने छ। टिकट रिफन्ड गर्नुपर्ने भए निगमको कार्यालयमै सम्पर्क गर्न आग्रह गरिएको उहाँले बताउनुभयो।

यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण का प्रवक्ता विक्रमराज गौतमले केही देशका विमानस्थल अनिश्चितकालका लागि बन्द रहेकाले यात्रुलाई ठोस जानकारी दिन कठिन भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार विमान कम्पनीहरूलाई उडान खुल्नु तीनदेखि चार घण्टाअघि यात्रुलाई सूचना दिन निर्देशन दिइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय