शनिबार, बैशाख ०५, २०८३
मतदान पूर्व प्रधानमन्त्रीको सक्रियता : राष्ट्रिय सुरक्षा परिषद् बैठक आह्वान

काठमाडौँ । सुशीला कार्कीले निर्वाचनको सुरक्षा तथा तयारीबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउनुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज दिउँसो तीन बजेका लागि बैठक आह्वान गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिनुभयो ।

भोलि हुने निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक रणनीति तय गर्न बैठक बोलाइएको जनाइएको छ ।

यसैबीच निर्वाचन आयोगले भोलिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका अनुसार सबै मतदान केन्द्रमा मतदान सामग्रीसहित कर्मचारी खटाइसकिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय