शनिबार, बैशाख ०५, २०८३
निर्वाचन कर्मचारी र सुरक्षाकर्मी मतदान स्थलमा खटिए

काठमाडौँ । भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशैभरका मतदान स्थल तथा मतदान केन्द्रमा अन्तिम तयारी भइरहेको छ।

निर्वाचन आयोगका अनुसार अधिकांश मतदान स्थल र केन्द्रमा निर्वाचन कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेका छन्। मतदान स्थलको निर्माण, मतदान कक्ष व्यवस्थापन, सुरक्षा प्रबन्ध तथा आवश्यक सामग्री मिलाउने काम तीव्र रूपमा अघि बढाइएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ।

यसैक्रममा अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–३ स्थित अमर आधारभूत विद्यालय, बल्कोटमा पनि मतदान स्थल निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ। स्थानीय स्तरमा मतदान सहज बनाउन आवश्यक संरचना तयार पारिएको जनाइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय