काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको पहिलो दिन सामान्य वृद्धि देखिएको छ।
आज नेप्से चार दशमलव ४५ अङ्कले बढेर दुई हजार ८२४ दशमलव ९० विन्दुमा कायम भएको छ।
आज ३५० कम्पनीका तीन करोड ९५ लाखभन्दा बढी कित्ता शेयर एक लाख २४ हजारभन्दा बढी पटक कारोबार हुँदा रु १४ अर्बभन्दा बढीको कारोबार भएको छ।
उपसूचकमध्ये व्यापार समूह सबैभन्दा धेरै दुई दशमलव ८३ प्रतिशतले बढेको छ।
बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य समूहमा पनि सामान्य वृद्धि देखिएको छ।



















