बिहिबार, बैशाख १७, २०८३
कैलालीमा गोली हानी श्रीमतीको हत्या अनी आफैमाथि चलाए बन्दुक

कैलाली । कैलालीमा एक युवकले भरुवा बन्दुकबाट गोली हानेर श्रीमतीको हत्या गरेका छन् ।

गोदावरी नगरपालिका-४ अमलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले २८ वर्षीया श्रीमती सञ्जिता मगरको हत्या गरेका हुन् ।

जंगलमा बाख्रा चराउन गएका बेला विवाद हुँदा उनले गोली हानेर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ । उनका अनुसार श्रीमतीको हत्यापछि उनले सोही बन्दुकले आफैँलाई पनि गोली हानेका छन् ।

उनको अवस्था गम्भीर रहेको र सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय