सोमबार, चैत्र १६, २०८२
नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो, २४.४५ अंकले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेर २४ दशमलव ४५ अंकले घट्दै २,९३५ दशमलव ९४ बिन्दुमा पुगेको छ।

आज ३४५ कम्पनीका तीन करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर १,३८,२५६ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम रु १५ अर्ब ९ करोड ४ लाख १६ हजार ८४६ कायम भएको छ।

समूहगत प्रदर्शनमा उत्पादन तथा प्रशोधन समूह ०.४८ प्रतिशत र व्यापार समूह ३.४५ प्रतिशतले बढे तापनि अन्य सबै समूह घटेका छन्। बैंकिङ १.४०, विकास बैंक २.३२, वित्त २.०९, होटल तथा पर्यटन ०.०५, जलविद्युत् ०.१६, लगानी ०.५३ र जीवन बिमा १.३९ प्रतिशतले घटेका छन्। लघुवित्त १.६४, म्युचुअल फन्ड ०.३४, निर्जीवन बीमा १.१५ र अन्य समूह १.७० प्रतिशतले ओरालो लागेको छ।

आज रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ७.७४ प्रतिशतले घटेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय