काठमाडौँ । पक्राउ परेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। प्रहरी परिसर भद्रकालीबाट उहाँहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ।
ज्यान सम्बन्धी कसुरसम्बन्धी मुद्दाको अनुसन्धानका लागि आज बिहान उहाँहरुलाई पक्राउ गरिएको हो।
यस घटनाबारे छलफल गर्न नेकपा एमालेले आज बिहान साढे ८ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको छ।
सचिवालय बैठकपछि केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसँग भर्चुअल बैठक बस्ने र विरोधका कार्यक्रम तय गर्ने बताइएको छ।



















