सोमबार, चैत्र १६, २०८२
हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशभर मौसम बदली भएको छ।

गण्डकी र बागमती प्रदेशका केही स्थान तथा पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहनेछ।

यी प्रदेशका केही स्थान तथा पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि पहाडी र हिमाली भू–भागमा बदली रहने र केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय