काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुने भएको छ।
गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइको माग गर्दै आइतबार दायर गरिएको रिटमा सोमबारका लागि पेसी तोकिएको हो।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री लेखकका पक्षबाट यशोदा लेखक र ओलीका पक्षबाट राधिका शाक्यले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी हुन्।



















