काठमाडौँ । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकारका रूपमा जिम्मेवारी दिने निर्णय गरेको हो।
कँडेल यसअघि रवि लामिछानेको मुद्दामा कानुनी सल्लाहकारको भूमिकामा रहेर काम गरिसकेका व्यक्ति हुन्।
महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हुनुका साथै फौजदारी मुद्दामा अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्ने, तथा सरकारवादी सबै मुद्दामा बहस र पैरवीको नेतृत्व गर्ने महत्वपूर्ण पद हो।















