आइतबार, बैशाख ०६, २०८३
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन आइतबार पनि देशभरका अस्पतालहरूमा ओपीडी (बहिरङ्ग) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न मन्त्रालयले सबै सम्बन्धित निकायलाई यस्तो व्यवस्था मिलाउन आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सर्वसाधारणको सहज पहुँच सुनिश्चित गर्न र सेवा प्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्णय गरिएको उल्लेख गरिएको छ।

प्रेस विज्ञप्ति अनुसार अस्पतालहरूले आफ्नो कार्यबोझ र उपलब्ध जनशक्तिको अवस्था हेरेर आइतबार ओपीडी सेवा सञ्चालन गर्नुपर्नेछ। साथै, आइतबार काममा खटिने कर्मचारीहरूलाई शनिबारबाहेक साताको अर्को दिन बिदा दिनुपर्ने वा सो सम्भव नभए सट्टा बिदा उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय