शुक्रबार, बैशाख ०४, २०८३
केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सम्पन्न, आईसीयूमा राखेर निगरानी

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सोमबार शल्यक्रिया गरिएको छ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उनको पित्तथैली (गलब्लाडर) सम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ। शल्यक्रियापछि उनलाई आईसीयूमा सारिएको छ र केही समय चिकित्सकको निगरानीमा राखिने जनाइएको छ। स्वास्थ्य अवस्था सुधार भएमा पछि जनरल वार्डमा सारिनेछ।

शल्यक्रिया नेफ्रोलोजी विभाग प्रमुख प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा. महेशराज सिग्देलको समन्वयमा प्रा.डा. पलेश्वा जोशी लाखे, सहप्राध्यापक डा. विष्णुप्रसाद कँडेल र डा. दीपक शर्मासहितको टोलीले गरेको हो। एनेस्थेसियातर्फबाट डा. अमित शर्मा भट्टराई र डा. पंकज जोशी सहभागी थिए।

हाल आईसीयूमा सहप्राध्यापक डा. प्रमेश सुन्दर श्रेष्ठ र डा. हेमराज पनेरुको टोलीले उनको उपचार गरिरहेको छ। साथै कार्डियोलोजी विभागबाट प्रा.डा. चन्द्रमणि पौडेल र डा. सूर्य देवकोटा पनि उपचारमा संलग्न छन्।

यसअघि चैत १४ गते उनलाई प्रहरीले पक्राउ गरेको थियो र स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पतालमै उपचाररत थिए। पछि सर्वोच्च अदालतको परमादेशपछि उनलाई रिहा गरिएको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय