काठमाडौँ । नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने क्रममा काठमाडौँ–ढाका सिधा हवाई सेवा सञ्चालन गर्ने तयारी अघि बढाएको छ।
सम्भाव्यता अध्ययनका लागि उपसमिति गठन भई कार्य जारी रहेको निगमले जनाएको छ। हाल बङ्गलादेशबाट काठमाडौँमा नियमित उडान भइरहे पनि नेपाली ध्वजावाहकको ढाका उडान भने सुरु हुन सकेको छैन।
अध्ययन प्रतिवेदनपछि उडान सञ्चालनबारे निर्णय गरिनेछ। साथै, निगमले काठमाडौँ–दिल्ली उडान सेवा विस्तार गर्दै सातामा १० उडान सञ्चालन गरिरहेको छ।



















