बुधबार, बैशाख ०९, २०८३
८९ रनको लक्ष्य पछ्याउँदै नेपाल विजयी, रुवाण्डामाथि रोमाञ्चक जित

काठमाडौँ । आईसीसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत नेपालले आयोजक रुवाण्डालाई दुई विकेटले पराजित गरेको छ।

किगालीस्थित गहङ्गा क्रिकेट ओभलमा भएको खेलमा ८९ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ८ विकेट गुमाउँदै जित हात पारेको हो।

नेपालको जितमा सम्झना खड्काले सर्वाधिक ४८ रन बनाइन् भने पूजा महत्तो र विन्दु रावलले क्रमशः १३ र १० रनको योगदान दिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय