बुधबार, बैशाख १६, २०८३
यातायातमा ५ प्रतिशत भाडा वृद्धि

काठमाडौँ । सरकारले पुनः अन्तरप्रदेश सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा ५ प्रतिशतले बढाएको छ। यातायात व्यवस्था विभागका अनुसार मन्त्रीस्तरको निर्णयबाट भाडादर समायोजन गरिएको हो।

विभागका निर्देशक मणि भुसालले इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले बढ्दा वा घट्दा वैज्ञानिक प्रणालीअनुसार भाडा समायोजन गर्ने अभ्यास रहेको बताए। पछिल्लो पटक डिजेलको औसत मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा पुगेपछि भाडा वृद्धि गरिएको हो।

नयाँ दरअनुसार यात्रुवाहक सवारी, पहाडी क्षेत्रका मालवाहक तथा तराईमा सञ्चालन हुने मालवाहक सवारीमा समान रूपमा ५ प्रतिशत वृद्धि गरिएको विभागले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय