बुधबार, बैशाख १६, २०८३
नेप्सेमा दोहोरो अंकको गिरावट, २५.८१ अंकले घट्यो सूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार २५ दशमलव ८१ अंकले घटेर दुई हजार ७४४ दशमलव ४५ बिन्दुमा कायम भएको छ।

आज ३५१ कम्पनीको एक करोड २१ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा चार अर्ब ९८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबारमा विकास बैंक, म्युचुअल फन्ड र व्यापार समूहमा सामान्य वृद्धि देखिए पनि अधिकांश उपसूचकमा गिरावट आएको छ। बैंकिङ, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य समूह घटेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय