काठमाडौँ । रोल्पाको दुर्गम क्षेत्र थवाङ गाउँपालिका–१ मा बिहीबार भएको जीप दुर्घटनामा ज्यान गुमाउने सबै २० जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।
रुकुम पूर्वबाट जलजला धार्मिक स्थलतर्फ जाँदै गरेको जीप अचानक अनियन्त्रित भई भीरबाट करिब ८ सय मिटर तल खसेको थियो।
दुर्घटनामा मृत्यु हुनेहरू रुकुम पूर्व र दाङ जिल्लाका विभिन्न स्थानका बासिन्दा रहेका छन्।
घटनापछि उद्धार टोलीले शव संकलन गरी रुकुमकोट अस्पतालमा राखेको छ भने पोस्टमार्टमपछि आजै परिवारलाई बुझाइने तयारी भइरहेको छ।



















