काठमाडाैं । बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार दिउँसो करिब ३ बजे वीरगन्ज महानगरपालिका–८ क्षेत्रमा लुकिछिपी बस्दै आएका ४७ वर्षीय राजेश कुमार गुप्ता पक्राउ परेका हुन्। सबैठवा–९ निवासी गुप्ता हाल वीरगन्ज–५ मा बसोबास गर्दै आएका थिए।
पर्सा जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा उनलाई १२ दिन कैद र ११ लाख रुपैयाँ जरिवाना तोकेको थियो। पक्राउपछि उनलाई अदालतको आदेशअनुसार सजाय कार्यान्वयन प्रक्रियामा अघि बढाइएको प्रहरीले जनाएको छ।



















