काठमाडौँ । बल्खु र वंशीघाटस्थित सुकुम्बासी बस्ती हटाइएपछि विस्थापित परिवारहरू व्यवस्थापनका लागि प्रक्रिया सुरु गरिएको छ।
शुक्रबारसम्म ५० घरपरिवारले दशरथ रंगशालामा पुगेर आफ्नो विवरण दर्ता गराएका छन्।
सम्बन्धित निकायहरूको संयुक्त टोलीले उनीहरूको अवस्था अध्ययन गर्दै आवश्यक स्वास्थ्य जाँच र परामर्शपछि अस्थायी रूपमा विभिन्न स्थानमा स्थापना गरिएका होल्डिङ सेन्टरमा सार्ने योजना बनाएको छ।



















