आइतबार, बैशाख २०, २०८३
विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकार महासङ्घको र्याली, प्रेस स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ ले आज ऐक्यबद्धता पदयात्रा (र्याली) आयोजना गरेको छ।

‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने नारासहित आयोजित र्याली माइतीघर मण्डला बाट सुरु भई नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग का सदस्य मनोज दुवाडी ले प्रेस स्वतन्त्रता अवस्थासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मानव अधिकारकै अभिन्न अङ्ग भएको उल्लेख गरे। उनले यसमा हस्तक्षेप भए आयोग सधैं रक्षार्थ उभिने बताए।

महासङ्घकी अध्यक्ष निर्मला शर्मा ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संवैधानिक हक भएकाले यसलाई कुण्ठित गर्न नहुने धारणा राखिन्।

त्यस्तै, नेपाल बार एसोसिएसन का अध्यक्ष विजयप्रसाद मिश्र ले प्रेस स्वतन्त्रतामाथि कुनै अवरोध आए कानुनी उपचारका साथै नैतिक समर्थन रहने प्रतिबद्धता व्यक्त गरे।

सिफारिस

ताजा समाचार

लोकप्रिय