आइतबार, बैशाख २०, २०८३
जोखिमयुक्त बस्ती स्थानान्तरणमा छुटेकालाई सम्पर्कमा आउन सहरी विकास मन्त्रालयको आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालय ले काठमाडौँ उपत्यकाको बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ।

मन्त्रालयले सहायता आवश्यक परेका तथा हाल सडकमा अलमल परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशाला मा उपस्थित भई दर्ता गर्न अनुरोध गरेको हो।

प्रेस नोटमा वास्तविक भूमिहीन नागरिकको डिजिटल लगत सङ्कलन गरी ‘होल्डिङ सेन्टर’मार्फत व्यवस्थित व्यवस्थापन गर्ने तयारी गरिएको उल्लेख छ। दर्ता भएका नागरिकलाई आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्शजस्ता आधारभूत सेवा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।

त्यसैगरी, वास्तविक भूमिहीन तथा आर्थिक रूपमा कमजोर नागरिकलाई दर्ता केन्द्रमा उपस्थित भई सरकारी सेवा–सुविधा उपयोग गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले नागरिकको सुरक्षित, व्यवस्थित तथा दीर्घकालीन पुनःस्थापनामा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय