काठमाडौं । आइतबार बिहान दिल्ली को एक बहुतले घरमा एयर कन्डिसनर (एसी) विस्फोट भएपछि आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।
दिल्ली प्रहरी का अनुसार मृतकमध्ये एक बालक र चार महिला रहेका छन् भने घटनामा अन्य २० जना घाइते भएका छन्। पीडितहरू सुतिरहेको अवस्थामा विस्फोट भएपछि आगो छिट्टै फैलिएको थियो।
पूर्वी दिल्लीको विवेक विहार क्षेत्रमा भएको उक्त घटनामा केही मिनेटमै आगो पूरै घरमा फैलिएको र विभिन्न भागबाट ९ जनाको शव निकालिएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
आगो नियन्त्रणका लागि दमकलका १४ वटा टोली परिचालन गरिएको थियो। एसी विस्फोटको कारणबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ।



















