मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैँसेमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक चालक गम्भीर घाइते भएका छन्।
नेपाल प्रहरी का अनुसार हेटौंडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज ३३५४ नम्बरको टाटा सुमोले बागमती प्रदेश–०२–०५४ प १८११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। मोटरसाइकल विपरीत दिशाबाट हेटौँडातर्फ जाँदै थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि हेटौंडा पठाइएको छ। सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।



















