आइतबार, बैशाख २०, २०८३
तुइन खोला नजिक पहिरो हटाइएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुला

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला पुल नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

आज बिहान करिब ६ बजे पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय मुग्लिन को टोलीले साबेललगायत औजार प्रयोग गरी सडक एकतर्फी खुलाएको थियो।

ठूला ढुंगा हटाउन नसकेपछि घटना बारे सडक डिभिजन कार्यालय भरतपुर लाई जानकारी गराइएको थियो। पछि मेसिनको सहायताले बिहान करिब साढे ९ बजेतिर सडक पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याइएको डिभिजनले जनाएको छ।

डिभिजनका अनुसार तुइन खोला नजिक माथिबाट ढुंगा झर्दा एकतर्फी रूपमा सञ्चालनमा रहेको सडक अहिले दुवैतर्फ खुला भएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय