काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगममा रिक्त पाँच सञ्चालक समिति सदस्य पदका लागि सूचना आह्वान गरेको छ।
मन्त्रालयले यसअघि वैशाख १२ गते गोरखापत्र राष्ट्रिय दैनिकमा चार जना सदस्य नियुक्तिका लागि सूचना प्रकाशित गरेको थियो। तर दरखास्त सङ्कलन चलिरहेकै बेला वैशाख १९ गते जारी सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ अनुसार थप एक जना सदस्य स्वतः पदमुक्त भएपछि रिक्त संख्या पाँच पुगेको हो।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता जयनारायण आचार्यका अनुसार अब पाँच वटै रिक्त पद सोही विज्ञापनका आधारमा प्रक्रिया अघि बढाएर पूर्ति गरिनेछ।



















