काठमाडौँ । अनलाइन ठगीको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
केन्द्रीय साइबर ब्यूरोका अनुसार धनकुटाको साँगुरीगढी नगरपालिका–३ का ३० वर्षीय दीपक लिम्बु, सुनसरीको धरान उपमहानगरपालिका–९ का २१ वर्षीय सौरब भुजेल, सोही पालिका–१३ का २८ वर्षीय सजल राई र इनरुवा नगरपालिका–६ का २४ वर्षीय सृजन थापालाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उक्त समूहले पीडितलाई डर र धम्की देखाएर रकम पठाउन बाध्य पार्दै ठगी गर्ने गरेको आरोप छ। पक्राउ परेकाहरूमाथि ४ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।



















