भक्तपुर । भक्तपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका–८ सिपाडोल गुन्सा टोलस्थित खुला चौरमा सोमबार ६४ वर्षीया कमला नेपाली मृत अवस्थामा भेटिएकी हुन्। दोलखा तामाकोशी गाउँपालिका–५ सहरे घर भएकी उनी हाल भक्तपुरको थिमीमा बस्दै आएकी थिइन्।
घटनाबारे प्रहरीले शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ भने मृत्युको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ।



















