काठमाडौँ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५,८०० रुपैयाँले बढ्दै २ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि १७५ रुपैयाँले बढेर प्रतितोला ५,०५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।



















