बिहिबार, बैशाख २४, २०८३
मन्त्री सीता बादी र चिनियाँ राजदूत झाङ माओमिङबीच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच आज द्विपक्षीय भेटवार्ता भएको छ।

भेटका क्रममा दुई देशबीचको मैत्री सम्बन्ध, आपसी सहयोग तथा साझा हितका विषयमा गहन छलफल भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ।

भेटपछि चिनियाँ पक्षले नेपाल–चीनबीचको ‘रणनीतिक साझेदारी’ लाई थप मजबुत र उच्च स्तरमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

राजदूत माओमिङले मन्त्री सीता बादीसँगको भेट फलदायी रहेको उल्लेख गर्दै भविष्यका सहकार्यका क्षेत्रबारे छलफल गर्न पाउँदा खुशी लागेको बताएका छन्। उनले नेपाल–चीन साझेदारीलाई अझ विस्तार गरी दुवै देशका जनतालाई लाभ पुग्ने गरी सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उक्त भेटमा विशेषगरी महिला सशक्तीकरण, बालबालिकाको कल्याण तथा ज्येष्ठ नागरिकको हितका क्षेत्रमा चीनले गर्न सक्ने सहयोग र सम्भावित सहकार्यका योजनाबारे पनि छलफल भएको बताइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय