काठमाडौं । आँबुखैरेनी गाउँपालिका–४ ‘पावर हाउस’ नजिक सुक्खा पहिरो खस्दा आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
सडकमाथिबाट खसेको पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्ने प्रयास जारी छ ।



















