शुक्रबार, बैशाख २५, २०८३
मनसुन कमजोर हुने संकेत, तापक्रम भने बढ्ने

काठमाडौँ । यस वर्ष नेपालमा मनसुन कमजोर हुने संकेत देखिएको छ ।

जल तथा मौसम विज्ञान विभाग का अनुसार देशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहेको छ ।

विभागले सार्वजनिक गरेको मनसुनी आकलनमा एल–निनो तटस्थ अवस्थाबाट सक्रियतर्फ उन्मुख रहेको उल्लेख गरिएको छ । मौसमविद् सुदर्शन हुमागाईँ ले जलवायु मोडेलहरूको विश्लेषणका आधारमा यस्तो अनुमान गरिएको जानकारी दिनुभयो ।

गत वर्ष खडेरीका कारण विशेषगरी कोशी र मधेस प्रदेशमा धान उत्पादन घटेको थियो । कृषि मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा धान उत्पादन चार प्रतिशतभन्दा बढीले घटेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय