शनिबार, बैशाख २६, २०८३
मापसेदेखि अवैध राइड सेयरिङसम्म : उपत्यकामा व्यापक ट्राफिक कारबाही

काठमाडौँ । ट्राफिक नियम कार्यान्वयनलाई कडाइ गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले २४ घण्टाभित्र दुई हजार ३४ सवारी चालकलाई कारबाही गरेको छ ।

यस अवधिमा विभिन्न ट्राफिक उल्लङ्घनबाट रु २२ लाख १२ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार मापसे गरेर सवारी चलाउने १४० जना चालक पक्राउ परेका छन् भने नियमविपरीत राइड सेयरिङ गर्ने १८४ जनामाथि कारबाही गरिएको छ ।

त्यस्तै ट्राफिक बत्ती तथा सङ्केत उल्लङ्घन गर्ने ८७ र अत्यधिक गतिमा सवारी चलाउने २१० जना पनि कारबाहीमा परेका छन् ।

लेन मिच्ने, निषेधित क्षेत्रमा हर्न बजाउने, सडक पेटीमा पार्किङ गर्ने र एकतर्फी सडक प्रयोग गर्ने चालकहरूलाई पनि जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय