आइतबार, बैशाख २७, २०८३
आज सुन तोलामा रु एक हजारले सस्तो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य परिवर्तन देखिएको छ ।

गत शुक्रबारको तुलनामा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा भने वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९८ हजार ९०० मा कारोबार भइरहेको छ । यो मूल्य गत शुक्रबारको तुलनामा रु एक हजार कम हो । शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार ९०० मा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने प्रतितोला रु २५ ले बढेर रु पाँच हजार ३०० पुगेको छ । गत शुक्रबार चाँदी प्रतितोला रु पाँच हजार २७५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा पनि सुनचाँदीको कारोबार जारी रहेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन चार हजार ७१५ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य ८० अमेरिकी डलर कायम भएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय