बिहिबार, बैशाख ३१, २०८३
नेपालमा विद्युतीय कारोबारमा तीव्र वृद्धि, मोबाइल बैंकिङमार्फत ६ खर्बभन्दा बढी कारोबार

काठमाडौँ । नेपालमा विद्युतीय कारोबारको प्रयोग उल्लेखनीय रूपमा बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार २०८२ चैत मसान्तसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि देखिएको हो।

तथ्याङ्कअनुसार डेबिट कार्डमार्फत १ करोड ३ लाख पटक कारोबार भएको छ भने यसबाट ८० अर्ब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार सम्पन्न भएको छ।

मोबाइल बैंकिङको प्रयोग अझ व्यापक देखिएको छ। चैत मसान्तसम्म मोबाइल बैंकिङमार्फत ७ करोड ४४ लाख पटक कारोबार हुँदा ६ खर्ब १८ अर्ब ७१ करोड रुपैयाँ बराबरको भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, क्यूआर कोड भुक्तानी प्रणालीको प्रयोग पनि तीव्र रूपमा विस्तार भइरहेको छ। तथ्याङ्कअनुसार ५ करोड ४६ लाख पटक क्यूआर कोड स्क्यान गरी १ खर्ब ५३ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय