काठमाडौँ । दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा १३ जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएका छन्।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार नबातियाह सहरमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या ५ पुगेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूको नागरिक सुरक्षा एजेन्सीको निगरानीमा उपचार भइरहेको जनाइएको छ।
त्यसैगरी, नबातीह जिल्लाको जेबचित सहरमा भएको अर्को आक्रमणमा लेबनानी सैनिक र एक सिरियाली नागरिकसहित ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बिन्ट जेबिल जिल्लाको कफार्डोनिनमा भएको आक्रमणमा थप ४ जनाको मृत्यु भएको र २ जना घाइते भएको जनाइएको छ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार गत मार्च २ देखि जारी इजरायली आक्रमणमा हालसम्म २ हजार ८८२ जनाको मृत्यु भएको छ भने ८ हजार ७६८ जना घाइते भएका छन्।



















